काठमाडौं — लोकप्रिय नेपाली चलचित्र ‘जेरी’ को दबल्पर्त रूपमा निर्माण गरिएको चलचित्र ‘जेरी: इन टप’ ले प्रदर्शनपछि दर्शकको ध्यान खिच्न सफल भएको छ। पहिलेदेखि नै चर्चामा रहेको यो चलचित्रले युवा दर्शकको उल्लेखनीय उपस्थिति देखाएको छ।चलचित्रमा रोमान्स, हास्य र साहसिक कथालाई मिश्रण गरिएको छ। विदेशी लोकेसन मा छायांकन गरिएको ‘जेरी: इन टप’ ले दृश्यात्मक रूपमा दर्शकलाई आकर्षित गरेको छ। मुख्य कलाकारहरूको अभिनय, नायकको उर्जाशील प्रस्तुति दर्शकले मन पराएका छन्।

संगीत पक्ष पनि चलचित्रको अर्को बलियो पाटो बनेको छ। चलचित्रका गीतहरू रिलिज सँगै सामाजिक सञ्जाल  ट्रेन्ड मा देखिएका छन्। युवापुस्ताले गीतको नृत्य र संवादलाई व्यापक रूपमा प्रयोग गरिरहेका छन्।

चलचित्र समीक्षकहरूका अनुसार ‘जेरी: इन टप’ ले मनोरञ्जनका साथै मित्रता, सपना र संघर्षको कथा प्रस्तुत गरेको छ। व्यवसायिक हिसाबले पनि चलचित्रले राम्रो सुरुआत गरेको निर्माण पक्षको दाबी छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *